नेपालका तीन जिल्लामा सलह देखियो
काठमाडौं - नेपालका तीन जिल्लामा सलह प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सलह प्रवेश गरेको हो ।
कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँका अनुसार नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेका छन् ।
सलहहरु बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा आइपुगेका हुन् ।
नेपाल प्रवेश गरेका सलह कस्तो खालको सहल हो र संख्या कति छ भन्नेबारे प्रष्ट भइसकेको छैन । यसबारेमा अध्ययन थालिएको छ ।
पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने उनको अनुमान छ ।
फेसबुक पेज Like गर्नुहोस