एमालेको निर्णय: देउवालाई मत दिने पार्टीमा रहँदैनन्
खबर एक्सप्रेस
२०७८-०४-०३ ०२:०३ मा प्रकाशित
Total Shares: 298
काठमाडौं - नेकपा एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु पार्टीमा नराख्ने निर्णय गरेको छ । आइतबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
‘संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनुहुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनुभएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ ।’ बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले भने ।
बैठकले देउवालाई मत नदिने पनि निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस