काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदै
खबर एक्सप्रेस
२०७७-११-२१ ०१:२१ मा प्रकाशित
Total Shares: 351
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् । नवलपरासीबाट गाडीमै शुक्रबार मध्यान्ह काठमाडौं आइपुगेका हुन् ।
सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं प्रवेश गरिसकेका छन् । सरकार र विप्लव समूहबीच बिहिबार सहमति भएपछि उनी शुक्रबार बिहान नवलपरासीमा सार्वजनिक भएका थिए । शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् ।
विप्लवले त्यसअघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको विप्लव समूहका एक नेताले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस