नेपाल ईन्स्योरेन्समा कर्मचारी युनियन गठन घिमिरेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन
काठमाडौं : नेपालको पहिलो बीमा कम्पनी नेपाल ईन्स्योरेन्स कम्पनीको कर्मचारी संघ ११ औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले भीमप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कार्य समितिमा उपाध्यक्ष दुर्गादेवी कार्की, महासचिव रत्नबिक्रम जिसी, सचिव मेघराज ढुङगाना, कोषाध्यक्ष ताराबहादुर खड्का चयन भएका छन् । सदस्यहरुमा कृष्णराम पराजुली, बिन्दा अर्याल, सपनाकुमारी सिंह, कमला कूवंर, बिधात्री शाह र तुषार थापा चयन भएको जनाईएको छ ।
कम्पनी र कर्मचारीहरुको हक हितलाई प्रवद्र्घन र सम्वर्धन गर्दै रचनात्मक ढंगले अगाडी वढ्ने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए । नयाँ पदाधिकारीहरुलाई आजै कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत गरिएको थियो

.gif)



फेसबुक पेज Like गर्नुहोस