आज जापानबाट आइपुग्दै एस्ट्राजेनेका खोप
काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका आज जापानबाट आइपुग्न लागेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिएको छ। त्यसमध्ये पहिलो डोज आज आइपुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, भोलि पनि खोप ल्याउने कार्यतालिका रहेको छ। आज र भोलि गरेर आठ लाख डोज खोप आउनेछ। त्यसपछि बाँकी थप खोप अर्को चरणमा ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि कोभिशिल्ड लगाएका बृद्धबृद्धालाई यो खोप लगाइनेछ। गत फागुन र चैतमा बृद्धबृद्धालाई कोभिशिल्ड खोप लगाइएको थियो। तर, भारतले थप खोप नदिएपछि उनीहरुलाई दोस्रो डोज लगाउन सकिएको थिएन। अब उनीहरुलाई यो खोप लगाइने भएको छ। एस्ट्राजेनेका र कोभिशिल्ड एउटै खोप हो। बेलायतको एस्ट्राजेनेका कम्पनीले कोरोनाविरुद्धको खोप बनाएको थियो।
त्यसलाई बेलायतमा एस्टाजेनेका नाम दिइएको छ भने भारतमा कोभिशिल्ड नाम दिइएको हो। त्यसैले, यसअघि कोभिशिल्ड खोपको पहिलो डोज लगाएका बृद्धबृद्धालाई अब दोस्रो डोजका रुपमा एस्ट्राजेनेका दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस