काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटीका स्टार खेलाडी सर्जियो अगुइरोको यस सिजनको अन्त्यमा क्लबसँगको सम्झौता सकिँदैछ । उनले अन्य क्लब जाने चर्चा पनि उत्तिकै चलेको छ ।

मिडिया रिपोर्टका अनुसार उनी टोटनहम जाने तयारीमा रहेका छन् । टोटनहम नयाँ फरवार्डको खोजीमा रहेको छ । गएको सिजन दुवै फरवार्ड घाइते हुँदा टोटनहमले नराम्रो नतिजा भोग्न बाध्य भएको थियो ।

फरवार्ड किन्ने तयारीमा रहेको टोटनहमले अगुइरोलाई अनुबन्ध गर्न खोजिरहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार अगुइरो इंग्ल्याण्डमा नै रहन चाहन्छन् । सोही कारण पनि उनी प्रिमियर लिगकै क्लबमा अनुबन्ध हुनसक्ने अनुमान गरिएको छ ।