काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको हो । योसँग अब जवाफी बहस हुनेछ । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस शुक्रबार हुनेछ । जवाफी  बहस  शुक्रबार दिउँसो २ बजेभित्र सक्न न्यायाधीश न्यौपानेले  इजलासबाटै भनेका छन् ।