पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट मृत्यू
खबर एक्सप्रेस
२०७७-०५-१६ ११:१६ मा प्रकाशित
Total Shares: 342
काठमाडाैं - पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोभिड-१९ संक्रमणबाट मृत्यू भएको छ । लामो समयदेखि मुटुको समस्या रहेर उपचाररत चालिसेको गंगालाल अस्पतालमा मंगलबार बिहान मृत्यू भएको हो ।
मुटुकै उपचाररत उनको गंगालाल अस्पतालमा आज बिहान मृत्यू भएको उनका भाइ कृष्णराज चालिसेले जानकारी दिए । पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना गरेपछि उपचारकै क्रममा उनको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको थियो ।
७० वर्षीय चालिसे काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश पाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस