माओवादी अस्थिर र अवसरवादी हो, एमालेले देशको विकास गर्छ : बादल
खबर एक्सप्रेस
२०८१-११-१७ ०८:०५ मा प्रकाशित
Total Shares: 203
काठमाडौं,मोरङ-नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले एमालेबाहेकका पार्टी अस्थिरतावादी, अवसरवादी रहेको दाबी गरेका छन् ।
शनिवार एमाले मोरङको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।
उनले एमालेबाहेक अन्य कोही पार्टीले देशको विकास गर्न नसक्ने दाबी गरे ,
‘नेपाली कांग्रेस क्रान्तिकारी पार्टी होरु उसको इतिहासले देखाउँदैन,’ उनले भने, ‘नेकपा माओवादी केन्द्र नेपालको अवस्थालाई बदल्ने पार्टी हो ? होइन । उसको नीतिले, विचारले र नेतृत्वले यो कुरालाई पुष्टि गर्दैन ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस