एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन
खबर एक्सप्रेस
२०७९-०९-०४ ०२:२२ मा प्रकाशित
Total Shares: 133
काठमाडौं-नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन्।
सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए।
त्यस्तै, संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन्। दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन भएका छन्।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको भए पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी भने बन्न सकेको छैन।

.gif)



फेसबुक पेज Like गर्नुहोस