पूर्वी नवलपरासीमा १८ जनासहित गण्डकीमा थपिए २१ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०५-०५ ०२:०२ मा प्रकाशित
Total Shares: 263
पोखरा - गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा विभिन्न तीन जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा पूर्वी नवलपरासीका १८ जना, बाग्लुङका १, मोरङका १ र चितवनका १ जना रहेका छन् । जसमा ६ जना महिला रहेका छन् ।
सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
योसँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ४४ पुगेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस