खराब मौसमका कारण हवाई सेवा प्रभावित, आन्तरिक उडान ‘डिले’
काठमाडौं- अविरल वर्षाका कारण त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ।
विमानस्थलकाअनुसार आन्तरिक उडानहरू डिले भएका छन् । भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको हवाई सेवा प्रभावित भएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार रातिदेखि परेको वर्षाका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्।वर्षाले भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित भएको कार्यालयले जनाएको छ।
मौसमका कारण आइतबार बिहानलाई तय भएका आन्तरिक तर्फका अधिकांश उडान ‘डिले’ (ढिलाइ) भइरहेका छन्।बिहान ६ बजेदेखि आन्तरिक उडानहरू डिले भइरहेको कार्यालयले जनाएको छ।काठमाडौंबाट सुर्खेतका लागि तय भएको एउटा उडान भने रद्द नै भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित छन् ।
फेसबुक पेज Like गर्नुहोस