आत्मघाती गोलले पोर्चुगल विजयी
खबर एक्सप्रेस
२०७७-१२-१२ १०:१५ मा प्रकाशित
Total Shares: 380
काठमाडौँ - फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनोटमा पोर्चुगलले संघर्षपूर्ण जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई १-०ले पराजित गरेको हो ।
पोर्चुगलको जितमा आत्मघाती गोल नै निर्णायक बन्न पुग्यो । खेलको ३६ औं मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गोल गरे । पोर्चुगलले अजरबैजानलाई दवावमा राखेनि गोल गर्न सकेन ।
जितसँगै छनौटको समूह ए मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ । यस्तै, समूहकै अर्काे खेलमा सर्वियाले आयरल्यान्डमाथि ३–२ को पूनरागमन जित निकालेको छ । सर्विया ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ

.gif)



फेसबुक पेज Like गर्नुहोस