काठमाडौं - इंग्लिस क्लब टोटेनह्याम हट्सपरले २०२२/२३ सम्मको सिजनको लागि जोसे माउरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेको छ।

क्लबले पूर्वम्यानेजर मौरियस पोचेटिनोलाई बर्खास्त गरेको २४ घण्टा नबित्दै पोचुगलका माउरिन्होलाई ४ वर्षसम्म प्रशिक्षकको रूपमा नियुक्त गरेको हो।

५६ वर्षीय माउरिन्हो गत डिसेम्बरमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएपछि क्लब प्रशिक्षकविहीन बनेका थिए। टोटेनह्यामका अध्यक्ष डेनियल लेवीले फुटबलमा सबैभन्दा सफल प्रशिक्षकलाई आफ्नो क्लबमा नियुक्त गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।