काभ्रेमा विदेशबाट आएका दुई युवामा आरडीटी परीक्षणमा देखियो कोरोना पोजेटिभ
खबर एक्सप्रेस
२०७७-०१-०२ ०७:३७ मा प्रकाशित
Total Shares: 432
काठमाडौं - काभ्रेका दुई जनामा र्यापिड डायग्नोस्टिक टेस्ट आरडीटी परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
बेथान्चोक गाउँपालिकाका २८ बर्षिय र मण्डनदेउपुरका २३ बर्षिय पुरुषमा आरडीटी परीक्षण पोजिटिभ देखिएको हो । एकजना भारत र एक जना दुवईवाट फर्केका युवा हुन ।
दुबैको स्वाव परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । स्वाब परीक्षणपछि मात्रै कोरोना संक्रमण भए नभएको खुल्नेछ । दुबैजनाका परिवारलाई पनि क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस