काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेताहरुले सभामुख अग्नी प्रसाद सापकोटासँग छलफल गरेका छन् । मंगलवार बिहान प्रचण्ड–नेपाल पक्षका नेताहरु सभामुख निवास पुगेर छलफल गरेका हुन् ।

फागुन २३ गते बस्न लागेको संसद बैठकका विषयमा छलफल भएको हो । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने, निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुंगो नलगाइसकेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने जस्ता विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद् अधिवेशन बोलाएकी छिन् ।