स्पेनिस ला लिगा: गेटाफेविरुद्ध रियल मड्रिडको शानदार जित
काठमाडौं - स्पेनिस ला लिगामा शनिबार भएको खेलमा रियल मड्रिडले ३-० को जित निकालेको छ।
उसले गेटाफेमाथि सो जित दर्ता गरेको हो। जितसँगै जारी लिगमा रियल मड्रिडले आफ्नो निकट प्रतिस्पर्धी बार्सिलोनालाई लिग उपाधिका लागि कडा टक्कर दिने भएको छ।
हिजोको खेलपछि लिगमा दुबै टोलीको समान ४०-४० अंक रहेको छ। बार्सिलोना गोल अन्तरका कारण शीर्ष स्थानमा रहँदा रियल मड्रिड दोश्रो स्थानमा छ।
रियलको यस जितमा राफायल भारानेले २ र लुका मोड्रिकले १ गोल गरे।
भारानेले ३४ र ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने मोड्रिकले खेलको अतिरिक्त समयको छैटौं मिनेटमा गोल गर्दै टोलीको जितलाई ३-० बनाएका थिए।
यता मड्रिडले शानदार जित हात पार्दा बार्सिलोना भने पुछारको स्पानियोलसँग २-२ को बराबरीमा रोकिन बाध्य भएको छ।
फेसबुक पेज Like गर्नुहोस