नेपालमा आज १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-३० ०५:०४ मा प्रकाशित
Total Shares: 233
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५२४ र एन्टिजेन विधिबाट ४ हजार ३२० जनामा परिक्षण गर्दा १ हजार ७६० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८० हजार ८२४ र एन्टिजेनबाट ८७ हजार ८४१ जना पुगेको छ ।
यस्तै, आज थप १५८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४३ हजार ५२६ जना पुगेको छ । आज संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९९१ पुगेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस