महागुरु फाल्गुनन्दले दिएका मार्गनिर्देश अनुशरणीय छ : राष्ट्रपति पौडेल
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सही बाटो देखाउन र आर्थिक अनुशासन कायम गर्न किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दले दिएका मार्गनिर्देश अनुशरणीय रहेको बताएको छ ।
फाल्गुनन्दको १३९ औँ जयन्तीकाका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउन र आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिएका मार्गनिर्देश अनुशरणीय रहेका बताए ।
सन्देशमा राष्ट्रपति पौडेलले सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियान्ताको रुपमा समाज सुधारक भई कार्यसमेत गरेका उल्लेख गरेका छन्। उनले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
‘फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको छ, उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ’, सन्देशमा उनले भनेका छन्। महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस