काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता १२ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार ९ वटा कम्पनीको बोनश सेयर, एउटा कम्पनीको ऋणपत्र र २ वटा कम्पनीको मर्जर हुँदा सेएर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएका शेयरहरुमा किसान माइक्रोफाइनान्स २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता बोनस सेयर, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड ४४ हजार २ सय ८० कित्ता बोनस सेयर, चौतारी लघुवित्त वित्तीय संस्था १ लाख ३० हजार २ सय कित्ता बोनस सेयर, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनस सेयर, देव विकास बैँक लिमिटेडको २७ लाख १६ हजार ४२१ दशमलव २९ कित्ता बोनस सेयर, नबिल बैँकको १० प्रतिशत नबिल डिबेञ्चर २०८२ को २० लाख कित्ता ऋणपत्र रहेको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंक । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपश्चातको ५३ लाख १६ हजार ५ सय ८९ कित्ता शेयर, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चातको ८६ हजार ९ सय ४० कित्ता शेयर, स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड । १ लाख ७ हजार ८ सय ५१ दशमलव ९० कित्ता बोनस शेयर, समता लघुवित्त वित्तीय संस्था लिमिटेड । ९१ हजार ८ कित्ता बोनस शेयर रहेको छ ।