काठमाडौं - राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार कोरोना महामारीका कारण तत्कालका लागि जनगणना स्थगित गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो । जेठ २५ देखि असार ८ सम्म जनगणनाको मिति तय भएको थियो।

यस्तै, जनगणना गर्नका लागि केन्द्रीय तथ्यांक विभागले ८ हजार सुपरिवेक्षक मागेको थियो। उनीहरुको तालिम पनि स्थगित गरिएको छ।