रविको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ हुँदै
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
यसअघि पटक–पटक हेर्न नमिल्ने भएर स्थगित हुँदै आएको रिटमा मङ्गलबार भने सुनुवाइ भएको हो । गत वैशाख ७ गते लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध सर्वोच्चमा रिट निवेदन दिइएको थियो । सुनुवाइ सकिएमा सम्भवतः आजै आदेश आउनेछ ।
फेसबुक पेज Like गर्नुहोस