नेपालमा थप १०५ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-१०-१८ ०४:४१ मा प्रकाशित
Total Shares: 369
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप १०५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ७० हजार ९६९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ६६ हजार ३३६ जना निको भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस