काठमाडौं - कोभिड–१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइनमार्फत खाता खोल्न मिल्ने सुविधा ल्याएको छ । बैंकले सहज तथा सरल तरिकाबाट खाता खोली सीमित कारोबारसमेत गर्न सकिने सुविधा प्रारम्भ गरेको जनाएको छ । 

यसअन्तर्गत ग्राहकले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङजस्ता डिजिटल बैंकिङ सुविधाहरूको तत्काल लाभ लिन सक्ने जनाइएको छ । 

मोबाइल बैंकिङ सुविधाअन्तर्गत ग्राहकले रिचार्र्ज गर्ने, बिल भुक्तानी गर्ने, बिमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्नेजस्ता कार्यहरूसमेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्ने कम्पनीले जनाएको छ । बैंकले देशभर १ सय १८ शाखा तथा १ सय ७७ एटिएम सञ्जालमार्फत सेवा दिइरहेको छ ।