खार्पुनाथ ४ का वडाध्यक्षको निधन
खबर एक्सप्रेस
२०७७-०५-२६ ०१:०१ मा प्रकाशित
Total Shares: 428
हुम्ला - खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए ।
वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उहाँको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन । आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
फेसबुक पेज Like गर्नुहोस