थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि खबर एक्सप्रेस २०७९-०४-१७ ०५:४२ मा प्रकाशित Total Shares: 271 काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ स्वाब परीक्षण गर्दा ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाबाट २९९ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस