दल दर्ता गर्न निर्वाचन आयोग जाँदै विप्लव
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 31
काठमाडौं - दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा नेकपाका नेताहरु निर्वाचन आयोग जाँदै छन् ।
आज नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।
दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिएका छन् ।
नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको बताएका छन् ।
मगरले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने पनि बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस