काठमाडौं - नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चारजना सांसदलाई कारवाही गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही निर्णय गरेको हो ।

कारवाहीमा पर्नेमा प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन् । उनीहरुले पार्टिकाे ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उक्त निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।