निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने
खबर एक्सप्रेस
२०७९-०६-११ ०३:५० मा प्रकाशित
Total Shares: 193
काठमाडौं - निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।
‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस