प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नको लागि खुमलटार पुगेका छन् । प्रचण्डलाई भेट्नको लागि देउवा करिब ५ बजे खुमलटार पुगेका हुन् ।
संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारको तीव्र तयारी थालेका थालेका देउवाले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन् । प्रचण्डले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव राख्दै आएका छन् ।
देउवाले भने सत्ता साझेदारीका लागि सबै दललाई समेटेर जान माओवादीबाट समन्वयकारी भूमिकाको खोजी गरेको देउवाका सहयोगी नेताहरूले बताएका छन् ।
देउवा र प्रचण्डबीच मंगलबार बिहान पनि बालुवाटारमा भेट भएको थियो । सो भेटमा ओली सरकारले गरेका संवैधानिक नियुक्तीहरु खारेज गर्ने सहमती भएको थियो । साथै उनीहरुबीच मन्त्रिमण्डल विस्तारको बारेमा पनि सहमती भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस