काठमाडौं - इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेटर सन्दीप लामिछाने किर्तीमानी मूल्यमा आबद्ध भएका छन् ।

आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीपलाई १ लाख पाउन्ड ९१ करोड ५० लाख नेपाली बराबर० मूल्यमा ओभल इन्भेन्सीबल्सले अनुबन्ध गरेको हो ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए । उनलाई ४५ हजार अमेरिकी डलरमा कर्नाटकाले अनुबन्ध गरेको थियो ।

ओभल इन्भीनसिबल्समा सन्दीपसँगै साम कुरान, सुनिल नरेन, जेसन रोय, साम बिलिंग्स, टम कुरान, रिली रोसौ लगायतका खेलाडी आबद्ध छन् । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ ।