नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको सानदार जित
काठमाडौं, एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले एन्जर्समाथि ६–१ को जित दर्ता गरेको हो ।
खेलमा एलेसेन्ड्रो फलोरेन्जीले सातौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । उनले केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
४७ औँ मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को स्थितिमा पुर्याए । इस्माइल तुरको गोलमार्फत पाहुना टोली एन्जर्सले ५२ औं मिनेटमा खेल ३–१ को स्थितीमा ल्याएको थियो ।
५७ औं मिनेटमा जुलियर ड्रेक्सलरले गोल गर्दै पीएसजीको अग्रता झनै फराकिलो बनाए । इदरिसा गनाले ७१ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पीएसजीलाई ५–१ को अवस्थामा पुर्याएका थिए ।
खेल सकिन ६ मिनेट अघि केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को फराकिलो जित दिलाए । पीएसजीले लिगमा लगातार ४ खेलमा जित निकालेको हो । पीएसजी १२ अंक जोडेर लिगको दोस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस