प्रधानमन्त्रीको आदेशपछि रोकियो डा. जागेश्वर गौतमको सरुवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक आदेशमा डा. जागेश्वर गौतमको सरुवा रोकिएको छ । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा. गौतमको सरुवा प्रधानमन्त्री देउवाको आदेशमा रोकिएको हो ।
प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रसूति अस्पतालमा सरुवा गरी उनको ठाउँमा डा. रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए ।
तर, प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएको बताइएको छ । प्रधानमन्त्री कार्यालयबाट निर्णय कार्यान्वयन नगर्न निर्देशन आएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस