म्यानचेस्टर सिटीलाई शीर्ष स्थानमा १० अंकको अग्रता
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा एभर्टनलाई ३-१ ले पराजित गरेपछि सिटी उपाधितर्फ लम्केको हो ।
खेलको ३२औं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । तर, ३७औं मिनेटमा रिचार्लीसनले एभर्टनलाई बराबरीमा ल्याए । ६३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई पुनः २–१ को अग्रता दिलाए । त्यसपछि ७७औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए ।
जितसँगै सिटीले २४ खेलमा ५६ अंक जोडेको छ । लिगमा १० अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको समान खेलबाट ४६ अंक मात्र छ । पराजित एभर्टन भने ३७अंक सातौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस