एनपीएल : पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर खेल्दै
काठमाडौं - काठमाडौंमा जारी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन् ।
दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको हो । सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता हो ।
यस्तै इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु र लुम्बिनी खेल्दैछन् । पहिलो क्वालिफायर जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
यस्तै इलिमिनेटमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर आउँदो बिहिवार हुनेछ ।
दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका खेल सकिँदा ब्याटिङतर्फ विदेशी खेलाडी र बलिङतर्फ नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस