भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेले लिए शपथ
खबर एक्सप्रेस
२०८०-१२-०५ ०४:२५ मा प्रकाशित
Total Shares: 138
काठमाडौं - राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस