आत्मदाहको प्रयास गरेका रुवी हत्याका आरोपी पासवान काठमाडौं रेफर
रौतहट - रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबी साहको हत्या प्रकरणका मुख्य अभियुक्तलाई थप उपचारका लागि बर्न अस्पताल पठाइएको छ ।
आत्मदाहका कारण गम्भीर अवस्थामा रहेका अभियुक्त लक्ष्मण पासवानलाई थप उपचारका लागि बर्न अस्पताल लगिएको हो । उनले गाउँदेखि करिब पाँच सय मिटर पश्चिम धान खेतमा आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रुबीको हत्या गरेर फरार भएको आज पाँचौं दिन आफ्नै पुर्ख्यौली गाउँमा पुगेर उनले गाउँदेखि पश्चिम धान खेतमा जिउमा पेट्रोल खन्याएर आत्मदाह गरेका हुन् ।
आत्मदाहका कारण उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताइएको छ । उनलाई गरुडा बेटर नेपाल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको छ।
प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमी(प्रेमिका भएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस