माओवादी केन्द्रका नेतामाथि गोली हानेको आरोपमा ७ जना पक्राउ
काठमाडौं - कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का नेतामाथि गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिक-६ थुमुवा-तौलिहवा सडक खण्डमा जिल्ला नेता दीपक पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।
पाण्डेयसहित एक भारतीय नागरिक ईयाज अख्तर पनि घाइते भएका छन् । राती मोटरसाइकलमा जगदीशपुरतर्फबाट घर जाँदै गरेका उनीहरूमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ भने भारतीय युवालाई भने एक गोली लागेको छ ।
हाल उनीहरुको निभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । दुबै जना खतरामुक्त रहेको बताइएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कपिलवस्तु नगरपालिका-१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउ सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस