काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा
काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले करिब पाँच महिनापछि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
तर, प्रमुख जिल्ला अधिकारीहरुले केहि आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने बताएका छन् ।
अहिले भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने प्रशासनले जनाएको छ ।
त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ। ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस