काठमाडौं - विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगहरु कारबाहीमा परेका छन् ।

औषधि व्यवस्था विभागले काठमाडौंका एक, ललितपुरका एक, एक चिनियाँ कम्पनी र एक भारतीय उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएपछि कारबाही गरेको हो ।

विभागका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा काठमाडौंस्थित श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्ड्रिज, ललितपुरको सम्पदा हेल्थ केयर, चिनियाँ कम्पनी गोन्जाओ ओबेपिकाल फाइन केमिकल र भारतीय कम्पनी आरएल क्रोप रहेका छन् ।

ती चार कम्पनीले उत्पादन गरी बजारमा पठाएका स्यानिटाइजर प्रयोग नगर्न विभागले सुझाव दिएको छ। साथै, कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ।