काठमाडौं उपत्यकामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-२७ ०४:४४ मा प्रकाशित
Total Shares: 422
काठमाडौं - काठमाडौं उपत्यकामा थप १३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ११० जना, ललितपुरका १७ जना र भक्तपुरका ८ मा कोरोना संक्रमण देखिएको हो ।
साेमबारमात्र काठमाडौँ उपत्यकामा ४३ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस