विश्वकप लिग–२ : आज यूएईसँग अन्तिम खेल खेल्दै नेपाल
खबर एक्सप्रेस
२०८२-०७-२० ०८:२४ मा प्रकाशित
Total Shares: 45
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ ।
खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भएको हो ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले पराजित भएको थियो भने यूएईसँगको खेलमा यसअघि पाँच विकेटले पराजित भएको थियो । नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
अमेरिका २३ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र १९ खेलमा ८ अंकसहित यूएई अंक तालिकाको पुछारमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस