काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यसैगरी निको भएर १ सय ४० डिस्चार्ज भएका छन् । छिल्लो २४ घण्टामा ८ हजार ४३२ हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ५२ हजार २३६ रहेको छ ।  हालसम्म देशभरका क्‍वारेन्टिनमा १० हजार ६५९  मानिसहरु रहेका छन् ।