मौसमः उपत्यकामा बदली, मध्य, पूर्व र पश्चिमका केही भागमा वर्षा
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
हाल देशको मध्य र पूर्वका अधिकांश भूभागमा र पश्विमीका केही भूभाग पू्र्ण बदली भई थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भईरहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।
वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौं उपत्यका लगायत पूर्वका अधिकांश स्थानमा बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली रहेको छ । मंगलबारको तुलनामा बुधबार त्यतिठूलो क्षति नहुने उनले बताइन् । मध्य र पूर्वमा मंगलबारकै मौसमले असर पर्ने देखिएको छ ।
प्रिमनसुनले गर्दा कतै आइसोलेटेड र कुनै स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ । विराटनगरतिर मेघगर्जन भएको छ ।
काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम १४.४ डिग्री सेल्सियस रहेको छ । अधिकतम तापक्रम २८ डिग्रीसम्म पुग्नेछ । भिजिबिलिटी ७ डिग्री रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस