राष्ट्रिय सभाको बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं - राष्ट्रिय सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो ।
अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएपछि बिहीबार राष्ट्रिय सभाको बैठक आधा घण्टा पनि बस्न सकेन । आजको बैठकमा दुईवटा विधेयक पेस गरिएको छ।
त्यस्तै शून्य समयका विभिन्न दलका सांसदहरूले आफ्ना भनाइ राखेका थिए । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका थिए ।
त्यस्तै शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी थिइन् ।
अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा अर्को बैठक बस्नेगरी आजको बैठक स्थगित भएको सूचना सभालाई जानकारी गराएका थिए ।
राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकार बिहीबारको बैठकका अध्यादेश प्रस्तुत गर्ने निर्णयबाट पछि हटेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस