सबै जमिन सरकारले आफ्नो मातहत ल्याउनुपर्छ : मेटमणि चौधरी
खबर एक्सप्रेस
२०८१-०३-०३ ०४:५६ मा प्रकाशित
Total Shares: 68
काठमाडौं - नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सबै जमिनलाई सरकारको मातहत ल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै सचेतक चौधरीले यस्तो बताएका हुन् ।
सचेतक चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताए।
सचेतक चौधरीले जमिनबाट आम जनताको शोषण भइरहेकाले पनि सरकारले उनीहरुलाई न्याय दिन पनि सबै जमिन सरकारले आफ्नो मातहत ल्याउनुपर्ने बताए ।
उनले व्यक्तिमा जमिनको स्वामित्व हुँदा राष्ट्रिय आयमा खासै योगदान पुग्न नसकेको तथ्यलाई पनि सरकारले मनन गरेर भूमि सम्बन्धी नीति बनाउनुपर्ने बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस