‘मिली’ मा जान्हवी, ४ अगस्टदेखि छायांकनमा जाने
काठमाडौं - बलिउड अभिनेत्री जान्हवी कपुर चलचित्र ‘मिली’ का कारण चर्चामा आएकी छन् । मलयालम चलचित्र ‘हेलेन’ को रिमेकको रुपमा यो चलचित्र आउने लागेको हो ।
उनले मुम्बईमा चलचित्रको छायांकनसमेत सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो चलचित्रको छायांकन ४ अगस्टदेखि सुरु भएको जनाइएको छ ।
उनी चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिने जनाइएको छ । यो चलचित्रको आधिकारिक रुपमा निर्माण पक्षले निर्माण घोषणा गर्न बाँकी रहे पनि चलचित्रको निर्माण जान्हवीका पिता बोनी कपुरले जी स्टुडियोसँग मिलेर गर्न लागेका हुन् ।
चलचित्रमा मनोज पाहवा र सनी कौशलको समेत प्रमुख भूमिका रहने निर्माण पक्षले जनाएको छ । ‘हेलेन’ १५ नोभेम्बर २०१९ मा प्रदर्शनमा आएको सफल मलयालम चलचित्र हो । यो चलचित्रले राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस