काठमाडौं, एजेन्सी - बलिउड महानायक अमिताभ बच्चनले मुम्बईमा आलिशानअपार्टमेन्ट लिएका छन् ।

बलिउडका सबैभन्दा धनी अभिनेताको सुचीमा पर्ने बच्चनले ३१ करोडमा निर्माण हुँदै गरेको अपार्टमेन्ट किनेको मिडिया रिपोर्टमा उल्लेख छ । अप्रिल २०२१ मा उक्त अपार्टमेन्ट आफ्नो नाममा दर्ता गरेको बताइएको छ ।

त्यस्तै बलिउडका अन्य कलाकारले पनि सोही क्षेत्रमा लक्जरी घर किनेका छन् ।

अभिनेत्री सन्नी लियोनी, आनन्द एल रायले पनि सोही क्षेत्रमा अपार्टमेन्ट किनेका हुन् । सन्नी लियोनीले १६ करोडमा अपार्टमेन्ट लिएकी हुन् भने आनन्दले २५ करोडमा लिएका हुन् ।