काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शनिबार) बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्ने स्थायी कमिटी बस्न लागेको हो । 

बैठकमा नयाँ सत्ता समीकरण तथा एमालेमा माधव नेपाल पक्षलाई अध्यक्ष केपी शर्मा ओलीले कारबाही तथा माओवादी नेतालाई भित्र्याएको बारेमा समेत छलफल गर्ने तयारी रहेको बताइएको छ ।

शुक्रबार नेपाली कांग्रेस र नयाँ सरकार गठनमा निर्णायक भूमिकामा रहेको जसपाबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन्।

यस्तै माओवादी केन्द्रले आज बिहान बस्ने स्थायी कमिटी बैठकमा एमालेमा गएका माओवादी केन्द्रका पूर्व नेताहरुलाई पार्टीमै फर्किन आग्रह गर्ने, नमाने कारबाही गर्ने तयारी समेत गरेको बताइएको छ ।