काठमाडौं,एजेन्सी - इटालियन क्लब युभेन्ट्सले आज (मंगलबार) राति च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको तेस्रो खेल खेल्दै छ ।

घरेलु मैदानमा हुन लागेको खेलमा युभेन्ट्सलाई हंगेरियन क्लब फेरेन्कभारोसले चुनौती दिन लागेको हो । युभेन्ट्स र फेरेन्कभारोसबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । युभेन्ट्सलाई च्याम्पियन्स लिगमा अघिल्लो चरण प्रवेश गर्नका लागि आजको खेलमा जित आवश्यक छ ।

यता, फेरेन्कभारोस पाि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशका लागि सम्भावना जोगाइराख्‍ने दाउमा रहेको छ । लिगमा लिगमा समूह ‘जी’मा रहेको युभेन्ट्सले तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आफूलाई उभ्याएको छ ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाको ९ अंक छ । आजको खेलमा जित निकाल्न सके युभेन्ट्स सीधै अन्तिम १६ मा प्रवेश गर्नेछ । फेरेन्कभारोसलाई अन्तिम १६ मा स्थान बनाई राख्‍न आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ ।